Connect IPS
IME Life

कृषि विकास बैंकको नाफा ४ अर्ब ३५ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारी लगानीमा सञ्चालित कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब ३५ करोड नाफा कमाएको छ । बैंकले गत आवमा कमाएको नाफा अघिल्लो वर्ष २०७४/७५ को भन्दा १९ दशमलव १५ प्रतिशतले बढी हो ।

बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । एक वर्षमा बैंकले १४.९१ प्रतिशतले निक्षेप वृद्धि गर्न सफल भएको छ भने ११.२१ प्रतिशतले कर्जा वृद्धि गरेको छ ।बैंकले गत आवमा एक खर्ब १९ अर्ब ७६ करोड निक्षेप संकलन गरि एक खर्ब १० अर्ब ७९ करोड कर्जा लगानीबाट कुल ७ अर्ब ३७ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको वित्तिय विवरणमा उल्लेख छ ।

Prabhu
Crest

समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो असार मसान्तसम्ममा ३.४१ प्रतिशत रहेको खराव कर्जा गत असार मसान्तमा २.९० प्रतिशतमा झरेको छ । यसलाई कृषि विकास बैंकको उल्लेख्य प्रगतीको रुपमा हेर्न सकिन्छ । खराब कर्जा असुलीबाट राईट ब्याक गर्न सफल भएपछि बैंकको मुनाफामा पनि सुधार भएको हो ।

बेस रेट भने औसतभन्दा बढी अर्थात १० दशमलव ५८ प्रतिशत रहेको छ । व्याजदर अन्तर ४दशमलव ६८ प्रतिशत रहेको छ । सीसीडी रेसियो ७८दशलव ७२ प्रतिशत रहेको छ । कृषि विकास बैंकको कष्ट अफ फन्ट ७.४१ रहेको छ ।यस अवधिमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४९ पैसाले बढेर ४४ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ३१४.१८ रुपैयाँ रहेको छ ।

बैंकले अघिल्लो आवमा ३ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS