यो साता आईतबार र सोमबार देखि सामान्य अङकले घटेको नेप्से आज मंग्लबार पनि नेप्से झण्डै दोहोरो अङकले घट्न पुगेको छ । साताको तोस्रो दिन नेप्से ९ दशमलव ३० अकले घटेर २६९ दशमलव ६४ को बिन्दुमा कायम भएको छ ।आज सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमा समूह ४० अङकले घटेको छ ।
यसदिन १ सय ६९ कम्पनीको १४ लाख ४९ हजार ६९७ कित्ता शेयर खरिदबिक्री हुँदा ४५ करोड ७ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।कारोबारमा सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । जसको कारोबार आज ८ करोड ५४ लाख ४१ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वाधिक कमाउनेमा जोशि हाईड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा २ दशमलव ७४ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा सपोट माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले घटेको छ ।