नेप्से सामान्य अंकले बढेको छ । शेयर बजार ६ दशमलव २० अंकले बढेर १,२६५ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । आज विकास बैंक बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ५३ अंकले बढेको छ । भने माइक्रोफाइनान्स समुह ५२ अंकले बढेको छ ।
दिनभरिमा १ सय ६९ कम्पनीको १३ लाख ६ हजार ७ सय ५६ कित्ता शेयर ६ हजार ४ सय ७६ पटक खरिदविक्री हुँदा ३५ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंक २ करोडमाथिको कारोबार भएको छ ।
त्यसैगरी प्रभु बैंक, यूनाइटेड इन्स्योरेन्स र शिवम् सिमेन्टको १ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, सिभिल बैंकको ९० लाखमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिभिल लघुवित्त र विजय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।