काठमाडौं । मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चा, हल्ला र बहसका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्री पदमा मात्रै पूर्णता दिएका छन् । ताप्लेजुङबाट प्रनिनिधिसभामा प्रत्यक्ष निर्वाचित योगेश भट्टराईलाई पर्यटन मन्त्री पदमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भट्टराईलाई आजै अपरान्ह चार बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराउने तयारी गरिएको छ । स्थायी घर ताप्लेजुङको ढुंगेसाँघु घर भएका भट्टराई विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।