ज्योति विकास बैंक र आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डबीच सम्झौता भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट डिजिएम सुशिलकुमार शर्मा र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए.खानले हस्ताक्षर गरेका हुन ।
उक्त सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा ज्योति विकास बैंक लिमिटेडबाट पाउने छन् ।
ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।