गणपति माइक्रोफाइनान्सले २०७५ /७६ को चोथो त्रैमासको वित्रीय विवरण प्रकाशित गरेको छ । माइक्रोफाइनान्सले २०७५ ७६ को चोथो त्रैमाससम्ममा ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्त २७ लाख २२ हजार रुपैयाँ घाटामा रहेको थियो ।
आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा लघुवित्तले २३ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी ८७ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले निक्षेपमा ९० प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा ६४ प्रतिशतले बृद्धि गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको जगेडा कोष ऋणात्मक रहेको थियो । आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममको अवधिमा आइपुग्दा १ करोड १७ लाख रुपैयाँ सञ्चिती गरेको छ ।
लघुवित्तको प्रति शेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको छ । निस्क्रिय कर्जा ० दशमलव ६९ प्रतिशत रहेको छ । मुल्य आम्दानी अनुपात १७ गुणा रहेको छ ।