रिलायन्स लाईफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीलेसाउन ३१ गते लागि सभा आह्वान गरेको हो । कम्पनीले होटेल र्या्डिसनमा सभा गर्ने भएको छ ।
साधारणसभाले संचालक समितिको आर्थिक बर्ष ७४र७५ को बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीकक्षकको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । सभाले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
कम्पनीले शेयर निष्काशन प्रक्रियाको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ ।
हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४७ करोड रहेको छ । सर्वसाधारण्मा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।