सानिमा बैङ्कले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। चौथो त्रैमास रिपोर्ट लगानीकर्तालाई निकै महत्तोपुर्ण हुने गर्दछ। चौथो त्रैमास रिपोर्टको आधारमा लगानीकर्ताले पाउन सक्ने लाभांसको अनुमान लगाउन सक्छन ।
सानिमा बैङ्कको चौथो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब ६२ करोड रुपैयाँ छ।
कम्पनीको चुक्ता पुँजी ८ अर्ब १२ लाखको आधारमा कम्पनीले २० दशमलव ३२ प्रतिशत लाभांस दिने सक्ने क्षमता बनाएको छ । कम्पनीको वितरण योग्य मुनाफा कम्पनीले शेयर धनीलाई लाभांसको रुपमा बाड्न सक्छ । अन्य शिर्षकमा रकम व्यवस्थापन गर्न नपरेमा कम्पनीले २० प्रतिशतको हाराहारीमा लाभांस दिन सक्छ । चौथो त्रैमास सम्म कम्पनीको शेयर प्रिमियम शिर्षकमा कुनै पनि रकम छैन।