नेपाल राष्ट्र बैंकले बैंकहरुले ऋणीबाट लिने व्याजदर घटाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बबैंक तथा वित्तीय संस्थाले ऋणीबाट लिन सक्ने व्याजदरलाई घटाएको हो । नेपाल राष्ट्र बैंकले १० प्रतिशतबाट घटाएर सात प्रतिशत कायम गरेको हो ।
मौद्रिक नीति कार्यक्रममा गभर्नर डा. चिरंजीवि नेपालले उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउने, आन्तरिक उत्पादन र विस्तारमार्फत आयात प्रतिस्थापन गर्ने उद्देश्यका साथ मौद्रिक सहजीकरण गरिएको बताए हुन् ।