लाभांश नदिने घोषणा गरेकोे शिखर इन्स्योरेन्सले लगानीकर्तालाई हकप्रद वितरणको प्रस्ताव गरेको छ । कम्पनीको साउन ७ गते बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले हकप्रद प्रस्ताव पारित गर्न साउन २८ गते साधारणसभा गर्ने भएको छ । सभा कम्पनीको आफ्नै केन्द्रीय कार्यलयमा बिहान ११ बजे गर्ने भएको छ ।
सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद निष्काशन प्रस्ताव लैजाने भएको हो । त्यस्तै, सभाले बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षणको विवरण पारित गर्ने, प्रबन्धप्रता नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव सभामा पेश हुनेछन् ।
सभाले संचालकको निर्वाचन गर्ने छ भने गाभ्ने गाभिने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने छ । सभा प्रयोजनको लागि कम्पनीले साउन १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।