महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लोगो सगरमाथा शिखरमा पुगेको छ । सगरमाथा आरोहणको क्रममा राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनले सगरमाथाको चुचुरोमा महालक्ष्मी लाईफको लोगो अंकित झण्डा पुयाएकी हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कम्पनीको लोगो सर्वाेच्च शिखर सगरमाथामा फहराईएको छ । उनले सगरमाथाको चुचुरोमा कम्पनीको लोगो पुर्याए जस्तै कम्पनीलाई पनि सफलताको बाटोमा अघि बढाउने योजना रहेको बताए ।
उनले भने ‘सगरमाथाको चुचुरोमा दृढ ईच्छा शक्ति,कडा मेहनत र सामुहिक प्रयासले मात्र पुगिन्छ ।’
२०७५ माघ २७ गतेदेखि कारोबार शुरु गरेको महालक्ष्मी लाइफले अभिकर्ता तालिम,लाईसेन्स जारि र शाखा संचालन गर्दै गर्दा चैत्रबाट काम गरेको हो।’ भट्टराईले भने ।
उनले भने चार महिनाको अवधीमा मेहनत र सबैको अथक प्रयासले गर्दा सोचेभन्दा धेरै राम्रो नतिजा आएको छ ।