सिद्धार्थ इक्विटी फन्डले ११ प्रतिशत नगद लाभांश दिने भएको छ ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ६ गते (सोमबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट इकाईधनीलाई करसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नगद लाभांश वितरणमा यसले १६ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ ।