एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको छ ।
बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका हुन् ।
हालसम्म बैंकले मुलुकभर २ सय ९२ शाखा कार्यालयहरु, ३ सय २ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् आफ्ना बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।