काठमाडौं । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तिय विवरणमा स्टक मार्केटमा दुई वर्षमा कूल सूचिकृत सेयरको संख्या झण्डै दोब्बरले बृद्धि भएपनि कूल शेयर भ्यालु भने झै घटेको देखिएको छ ।
चालु आवको जेठ मसान्तको २०७४ जेठमसान्तसँग तुलना गर्दै केन्द्रीय बैंकद्वारा प्रकाशित तथ्याङ्कमा यस्तो देखिएको हो । तथ्याङ्क अनुसार २०७४ जेठमा कूल दुई अर्ब ९० करोड १५ लाख ३५ हजार कित्ता नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको थियो । सो संख्या ०७६ जेठमा आउँदा चार अर्ब १८ करोड ४४ लाख ७९ हजार कित्ता पुगेको छ । अघिल्लो वर्ष तीन अर्ब ५२ करोड ८२ लाख ८२ हजार कित्ता रहेको शेयर संख्या यस वर्ष २२ प्रतिशतले बढेको तथ्याङ्क छ ।
शेयरसँख्यामा बृद्धि भएसँगै चुक्ता पुँजि पनि सोही अनुपातमा बृद्धि भएको छ । तथ्याङ्क अनुसार दुई वर्षमा करिब दुई खर्ब रुपैयाँको शेयर लगानी थप हुन पुगेको छ । समीक्षा अवधीमा शेयर बजारको तुलना शेयर संख्यामा भएको बृद्धि बाहेकका सबै सूचांकहरु ऋणात्मक छन् ।