यो साता नेप्सेमा ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । यी विभिन्न ४ कम्पनीको बोनश शेयर, हकप्रद र आइपीओ गरी जम्मा २ करोड २९ लाख ७३ हजार ४ सय ४६ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेमा शेयर सुचिकृत हुने कम्पनीहरुमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबि लघुवित्त वित्तीय संस्था र कुमारी बैंक रहेका छन् । जसमध्ये एनएमबि लघुवित्त र कुमारी बैंकको बोनश शेयर हो भने एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर हो ।
सबैभन्दा धेरै कुमारी बैंकको १ करोड ५२ लाख २१ हजार ७ सय ८१ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ७५ लाख ४० हजार ३ सय ५२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो भने एनएमबि लघुवित्तको २ लाख ११ हजार ३ सय १२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
नबिल व्यालेन्स फण्ड २ को भने आईपीओ सूचिकतृ भएकको छ । जसको ११ करोड २० लाख रुपैयाँ रशेको छ ।