गुँरास लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आ.व.२०७४ / ७५ को लागी बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
बीमा समितिले असार २९ गते दिएको स्वीकृति पश्चात कम्पनीले बोनस दर सार्वजनिक गरेको हो ।
इन्स्यारेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्ष सम्मको बीमा अवधिको लागि ५१, १५ देखि १९ वर्षको लागि ५६, २० देखि २४ वर्षको लागि ६१ र २५ वर्ष वा सो भन्दा माथिको बीमा अवधिमा कम्पनीले ८६ रुपैयाँ दिने भएको छ ।
सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले १४ वर्ष सम्मको बीमा अवधिको ५२, १५ देखि २९ वर्षको लागि ५७, २० देखि २४ वर्षको लागि ६२ र २५ वर्ष वा सो भन्दा माथिको लागि ८७ रुपैयाँ दिने भएको छ ।
यस्तै, अग्रीम भुक्तनी सावधिक जीवन बीमालेखमा १४ वर्ष सम्मको लागि ४७, १५ देखि २९ वर्षको लागि ५२, २० देखि २४ वार्षको लागि ५७ र २५ वर्ष दिने कम्पनीले जनाएको छ ।