वोमी माइक्रोफाइनान्सको शत प्रतिशत हकप्रद सेयर साउन ९ गतेबाट खुल्ने भएको छ । लघुवित्तले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रद सेयरमा भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ । उक्त हकप्रदका लागि लघुवित्तले असार १२ गते बोर्डबाट स्वीकृत पाएको थियो ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गरेको थियो । तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार बन्द भएको थियो । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । उक्त हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ ।