नेपालमा पनि खेलाडीहरुको बीमा हुने भएको छ । लामो समयदेखि नै खेलाडीहरुले खेलाडीहरुको बीमा गर्नुपर्नेे आवाजहरु उठाएपनि यस बिषयमा सुनुवाई भने भएको थिएन । यसै बिषयलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषदले खेलाडीहरुको बीमा गराउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले अबदेखि बीमा बिनाको खेलकुद प्रतियोगीता नहुने बताएका छन् । राखेप कर्मचारी संघले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।“उनले खेलाडी, प्रशिक्षक, अफिसियलको बीमा नगरिएको प्रतियोगिता मान्य हुँदैन । चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस् वा अन्य प्रतियोगिता बीमा गर्नै पर्छ।’ सदस्य–सचिव सिलवालले भने । ”