सबैको लघुवित्त वित्तीय संस्थाले आज साउन १ गतेदेखि आईपीओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आइपीओे निष्काशन गरेको हो ।
जस मध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले साउन ५ गतेसम्म आवेदन दिन सक्ने छन् । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
लघुवित्तले ग्रेड ४ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आइपीओलार्ई ग्रेड ४ को रेटिंङ प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डले असार १३ कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।