IME Life

नयाँ जीवन बीमा कम्पनीहरु मध्ये ७ कम्पनीको बोनस दर सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

यतिबेला नयाँ जीवन बीमा कम्पनीहरु बोनस दर सार्वजनिक गर्न लागि परेका छन् । नेपाली बीमा बजारमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरु मध्ये ७ कम्पनीले बोनस दर सार्वजनिक गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७४/०७५ को लागि बोनस दर सार्वजनिक गरेका हुन् । त्यस्तै, ७४/०७५ को लागि बोनस दर सार्वजनिक गर्न बाँकी रहेका कम्पनीहरुमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स रहेका छन् । कम्पनीले दिएको जानकारी अनुसार यी दुई कम्पनीहरुले बीमितलाई दिने बोनस दर सार्वजनिक गर्ने प्रक्रियामा रहेका छन् ।

प्रभु लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर समर्वजनिक गरेका छन् ।

Prabhu
Crest

बोनस दर सार्वजनिक गरेका ७ वटै कम्पनीहरुमध्ये अधिकांशले बीमितहरुलाई प्रतिहजार ७० रुपैयाँसम्म बोनस दर दिने भएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्स
नयाँ जीवन बीमा कम्पनी मध्ये प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा पहिले बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले बैशाख २९ गते बीमा समितिको स्वीकृत पाए पछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ देखि अधिकत्तम ७० रुपैयाँ बोनसदर भोषण गरेको छ ।
बीमा अवधि २५ बर्ष भन्दा माथि भएका बीमा योजनाका लागि कम्पनीले ७० रुपैयाँ बोनस कायम गरेको छ ।

ज्योति लाइफ
ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई कम्पनीले प्रतिहजार न्युनतम ४० देखि ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

नियामक बीमा समितिले असार ३ गते स्वीकृत गरेपछि इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर घोषणा गरेको हो ।
९ वर्षसम्मको सावधिक र सावधिक आजिवनमा ४०, १० देखि १४ वर्षसम्म ४१, १५ देखि १९ वर्षसम्म ४९, २० देखि २४ वर्षसम्म ५५ र २५ वर्षदेखि माथि ७० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

रिलायन्स लाइफ
रिलायनस लाइफ इन्स्योरेन्सले बीमितहरुलाई दिने नयाँ बोनश दर घोषणा गरेको छ । कम्पनीले प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनश दर दिने घोषणा गरेको हो । बीमा समितिले असार १० गते दिएको स्वीकृती पश्चात कम्पनीले सो बोनश दर घोषणा गरेको हो ।

कम्पनीले ९ वर्षको रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावाधिक) ३५, १० देखि १४ वर्षसम्मका लागि ३५, १५ देखि १९ वर्षे बीमा योजनाका लागि ४० र २० देखि २४ भन्दा माथिको बीमा योजनाका लागि ५० रुपैयाँ बोनस दिने भएको छ । यस्तै, २५ वा सो भन्दा माथि ७० रुपैयाँ बोनस दिने भएको छ ।

सानिमा लाइफ
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी प्रतिहजार वार्षिक ३५ रुपैयाँदेखि ६५ रुपैयाँ दिने भएको छ । बीमा कम्पनीले असार ३ गते दिएको स्वीकृती पश्चात कम्पनीले उक्त नयाँ बोनशदर सार्वजानिक गरेको हो ।

कम्पनीले २५ वर्ष वा सोभन्दा बढीको सावाधिक, सावाधिक तथा आजिवन बीमा योजनामा ६५, २० देखि २४ वर्षसम्म सावाधिक, अग्रिम भुक्तानी सावाधिक र सावाधिक तथा आजिवन बीमा योजनामा ४५, १५ देखि १९ वर्षसम्म सावाधिक, अग्रिम भुक्तानी सावाधिक र सावाधिक तथा आजिवन बीमा योजनामा ४० रुपैयाँ, १४ वर्षसम्म ३५ रुपैयाँ बोनशदर दिने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुलाई नयाँ बोनस दर घोषणा गरेको छ । कम्पनीले प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा वर्ष हेरी न्यूनतम ४० देखि ५० रुपैयाँ सम्म बोनस दिने भएको छ ।
यस्तै, सावधिक तथा आजिवन बीमालेखमा ३५ देखि ५५ रुपैयाँ र ३० वा सो भन्दा माथि ६५ रुपैयाँ सम्म बोनस दिने छ ।

सन नेपाल लाइफ
सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २० रुपैयाँ देखि अधिकतम ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।
बीमा कम्पनीहरुको नियामक निकाया बीमा समितिले असार ६ गते स्वीकृत गरेपछि इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर घोषणा गरेको हो ।

९ वर्षसम्मको सावधिक, सावधिक आजिवन र अग्रिम भुक्तानीमा २०, १० देखि १४ वर्षसम्म २५, १५ देखि १९ वर्षसम्म ३५, २० देखि २४ वर्षसम्म ५० र २५ वर्षदेखि माथि ७० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

आइएमई लाइफ
आइएमई लाइफ इन्स्योरेन्सले बीमितहरुलाई दिने नयाँ बोनश दर घोषणा गरेको छ ।

कम्पनीले प्रतिहजार न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयासम्म बोनश दर दिने घोषणा गरेको हो । बीमा समितिले असार ३ गते दिएको स्वीकृती पश्चात कम्पनीले उक्त नयाँ नयाँ बोनश दर घोषणा गरेको हो ।

कम्पनीले ९ वर्षको सावाधिक, सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा २५ रुपैयाँ , १० देखि १४ वर्षसम्मको बीमा योजनाका लागि २५ रुपैयाँ दिने भएको छ ।

त्यस्तै, कम्पनीले १५ वर्षदेखि १९ वर्षसम्म सावाधिकमा ३० रुपैयाँ तथा सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ३५ रुपैयाँ दिने भएको छ । त्यसैगरी २० देखि २४ वर्षसम्म सावाधिक, सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ४५ रुपैयाँ बोनश दर दिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS