IME Life
GBIME

नेपाल इन्भेष्टमेण्टको शाखा काठमाडौंको न्युरोडमा

SPIL
NIC ASIA new
NLIC
नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको प्युखा, न्युरोडमा ८१औं शाखा विस्तार गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा एक्विजिसन(प्राप्ति)लाई रणनीतिक योजनाको हिस्साका रूपमा रहने संकेत गरे ।
हालसम्म बैंकले देशभर ८१ वटा शाखा, १ सय १८ एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन केन्द्र र ५१ शाखारहित बैंकिङ काउन्टरहरू मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
इन्भेष्टमेण्टले जेबिल्स फाइनान्सको प्राप्ति पछि संयुक्त कारोबार शुरु गरेको छ । प्राप्ति पछि बैंकको चुक्तापुँजी वृद्धि भई १२ अर्ब ८९ करोड पुगेको छ । हाल बैंकको कूल निक्षेप रु १४७ अर्ब र कूल कर्जा रु १३२ अर्ब रुपियाँ पुगेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS