राम जीवन बीमा प्रति खासै चासो राख्दैनथ्यो । उसलाई धेरै साथीभाईले जीवन बीमा गर्ने सल्लाहा दिन्थे । तर पनि रामले त्यो कुरालाई कहिलै सिरियसली लिदैनथ्यो । रामको घरमा श्रीमती र दुई सन्तान थिए । छोरा ११ क्लासमा पढ्थ्यो र छोरी ९ क्लासमा । राम निजी विद्यालयमा जागिर गर्थौ ।
काठमाडौँको बसाई । कोठा भाडा तिर्नु पर्ने, किनेर खानु पर्ने र केटाकेटीको अध्ययन खर्च निकै धेरै थियो । जसोतसो गरेर राम र सीताले आफ्नो दैनिकि गुजारि रहेका थिए । रामको एउटै चाहाना थियो आफ्ना सन्तानलाई उच्च शिक्षा दिने । राम आफ्ना सन्तानको लागि देखेको सपनालाई साकार पार्न हरपल सघर्ष गरिरहन्थो । मेहेनत र कर्ममा आस्था राख्ने राम आफ्नो काम प्रति लगनशिल थियो ।
रामले आफै अध्यापन गराउँने विधालयमा छोरीलाई पढाएको थियो । छोरी सानै कक्षामा पढ्दै थि । त्यसैले छोरीको पढाईको लागि त्यति धेरै खर्च लाग्दैनथ्यो । छोरालाई काठमाडौको राम्रो प्लस टु कलेजमा विज्ञान विषयमा भर्ना गराएको थियो । रामकी श्रीमती भने विसुद्ध गृहणि थिईन् ।
महिनाभरि कमाएको पैसा महिनाको अन्तिम सम्म पुग्न गाह्रो थियो । जसो तसो सन्तानको भविष्यको लागि उनीहरु राजधानीमा बसेका थिए ।
एक दिन रामले निकै डरलाग्दो सपन देख्छ
सपना यस प्रकार छ :
राम एक दिन घरायसी कामले आफ्नो पुर्खेउली घर माथे गाँउ जान लाग्छ । कोठाबाट कोटेश्वर बस चड्न लाग्दै गर्दा ट्रिपरको ठक्करबाट उसको घटनास्थलमै मृत्यु हुन्छ ।
रामको मृत्यु पश्चात रामको परिवारले निकै दुख पाउँछन् । गाडीवालले दिएको थोरै लाख रुपैयाँ काज क्रिया र छोराको ३ महिना जतिको फिस तिर्दैमा सकिन्छ ।
त्यसपछि सीताका दुखका दिन सुरू हुन्छन । विद्यालयले श्रीमान रहँदा सम्म छोरीको फिस लिदैन्थ्यो तर अब भने छोरीको स्कुलको फिस आउनँ थाल्यो ।
रामले आफुले जति दुख गरे पनि अहिले सम्म आफ्नो श्रीमतीलाई काम गर्न भने लगाएको थिएन । अब सीता काम गर्न बाध्य भईन । राम्रो पढाई नभएकाले सीताले राम्रो पारिश्रमीक भएको काम पाउने कुरो नै भएन । उनले स्थानीय एउटा घरमा सामान्य काम गरेर महिनाको १५ हजार कमाउन थाल्छिन । श्रीमानले थोरै कमाए पनि उनीलाई रानी बनाएर राखेका थिए । आशु पुछ्दै, अरुको घरमा भाडा माज्दै उनले आफ्नो जीवन बिताउदैन थिईन ।
अब महिनाको १५ हजारले घर खर्च टार्न मुस्किल हुन् थाल्यो । राम निजी विद्यालयमा जागिर गर्ने भएकाले मत्युु पछि सीताको हातमा एक रुपैयाँ पनि आएन ।
सीताको लक्ष्य जसो तसो केटा केटीलाई स्नातक सम्म अध्ययन गराईदिने थियो ।
सीताले काठमाडौको खर्च र केटाकेटीको खर्च धन्न सक्दिनँ त्यसैले अब उ गाउँ फर्किने निर्णयमा पुग्छिन । निकै रामो अध्ययन गरीरहेका छोरा छोरीको पढाई उनले गाउँमा नै पुरा गर्ने निर्णय गर्छिन् । छोराको ट्रान्सफर प्रमाणपत्र लिन कलेज जान्छिन् । कलेज पुग्दा कलेजले पुरानो शुल्क माग्छ । सीता आफ्नो श्रीमानले विहेमा लगाईदिएको तिलहरी बेचेर छोराको ट्रान्सफर प्रमाणपत्र लिन बाध्य हुन्छिन् । ।
राम मृत्यु पश्चात नर्क पुग्छन । उनले यमराजलाई सोध्चन “ हजुर मैले अहिले सम्म जीवनमा कुनै पाप गरेको छैन , किन मलाई नर्कमा ल्याउनु भयो ?“
यमराजले उत्तर दिन्छन “ तिमी आफु त मर्यौ मर्यौ तर तिमीले जीवन बीमा गर्देको भए तिम्रो छोरा छोरी अहिले काठमाडौँमा नै बसिरहेका हुन्थे । तिम्रा छोराछोरीले बीचमै पढाई छोड्नु पर्ने स्थिति आउने थिएन । तिमीले २० लाखको मात्र बीमा गरेको भए आज तिम्रो श्रीमतीले कमाएको पैसाले घर खर्च पुग्थ्यो र तिमीले जीवन बीमा गरेको पैसाले तिम्रो सन्तानले पढ्न पाउथे । तिम्रा छोराछोरीको उच्च शिक्षाको लागि सहयोग पुग्नेथ्यो । यो सब तिमिले गरेनौँ । अब भन तिमीले पाप गरेको होइन ?
राम सपनाबाट बाहिर आउँछ । उसको शरीरभरि पसिना पसिना हुन्छ । रामले आफैले आफैलाई छिमोट्छ र पत्तो लागाउँछ की उसले एउटा डरलाग्दो सपना देखेको छ । रामले नजिकै रहेको गिलासबाट पानी पिउँछ र जीवन बीमाको महत्व बुझ्छ ।
उसले भोली बिहानै उठेर सबैभन्दा पहिला आफ्ना सन्तानको गालामा माया गर्छ । किनकी उसलाई राति देखेको सपनाले अझै छोड्न सकेको छैन ।
त्यसपछि राम अभिकर्ताको सम्पर्कमा पुग्छ र एक जीवन बीमा कम्पनीमा २० लाख बराबरको बीमा पोलिसी खरिद गर्छ । अनि उ आफै अभिकर्ता बन्छ र श्रीमती र केटाकेटीको पनि जीवन बीमा गर्छ ।
बीमा गरेको दुई वर्षपछि रामको श्रीमतीलाई अप्रेशन गर्नु पर्ने स्थिति देखा पर्छ । अप्रेशन गर्न करिव १ लाख खर्च लाग्ने भयो । रामले अलि अलि पैसा स्कुलबाट सापटी लिन्छ । र अप्रेशन लागि बाँकी रहेको पैसा उसले आफुले जीवन बीमा गरेको कम्पनीमा गएर अहिले सम्म उसले आफ्नो नामबाट बुझाएको प्रीमियमको ९० प्रतिशत लोन लिन्छ, त्यो पनि १५ मिनेटमा नै । यसरी रामले जीवन बीमाको महत्व बुझ्छ ।
यस कथाका पात्रहरु काल्पनिक हुन् ।