रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ ।
इन्स्योरेन्सले बैजनाथ गा.पा वडा नं ६ बांकेका बीमित गंगा बुढथापाको परिवारलाई मृत्यु दाबी बापतको २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तुलसीपुर शाखा प्रमुख प्रमिता रावलले मृतक गंगा बुढथापाका श्रीमान कृष्ण भक्त बुढथापालाई बीमा दाबीको रकम हस्तान्तरण गरेकि हुन् ।
मृतक बुढथापाले महालक्ष्मी विकास बैंक कोहलपुर मार्फत उक्त जीवन बीमालेख खरिद गरेका थिए ।
उक्त कार्यक्रममा महालक्ष्मी विकास बैंक, कोहलपुर शाखा प्रबन्धक मंगल रावल तथा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि., नेपालगन्ज शाखाका प्रमुख भास्कर जोशीको समेत उपस्थिति रहेको थियो