गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा नबिकेको शेयर साउन ४ गतेदेखि लिलामी बिक्री गर्ने भएको छ । कम्पनीले ९० हजार ५७१ कित्ता संस्थापक शेयर लिलामी बिक्री गर्न लागेको हो । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन साउन १० गतेसम्म रहेको छ ।
शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको छ । सोभन्दा बढी मूल्य अंकित दरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले न्यूनतम हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ । सोभन्दा बढी १० अंकले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।