राष्ट्रिय स्तरको विकास बैंक बन्ने लक्ष्यका साथ अघि बढेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पुर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई ९५ प्रतिशत स्वाप रेसियोमा आफुमा गाभ्ने भएको छ। उक्त स्वापबाट पुर्णिमा विकास बैंक र भार्गव विकास बैंकका शेयरधनीहरु मालामल हुने भएका छन्।
कारोवार रोकिनु अघि पुर्णिमा विकास बैंकको शेयर कारोवार १ सय ८८ रुपैयाँमा बन्द भएको थियो। उक्त बजार मूल्यमा १०० कित्ता शेयर किन्ने लगानीकर्ताको लागत १८ हजार ८ सय हुन्छ र ९५ प्रतिशत स्वाप र शाईन रेसुंगाको आजको बजार मूल्य २ सय ५१ लाई आधार मान्दा लगानीकर्तालाई १०० कित्तामा ५ हजार ४५ रुपैयाँ फाइदा देखिन्छ।
त्यस्तै कारोवार रोकिनु अघि भार्गव विकास बैंकको शेयर कारोवार १ सय ९९ मा बन्द भएको थियो। उक्त बजार मूल्यमा १०० कित्ता शेयर किन्ने लगानीकर्ताको लागत १९ हजार ९ सय ९० हुन्छ र ९५ प्रतिशत स्वाप र शाईन रेसुंगाको आजको बजार मूल्य २ सय ५१ लाई आधार मान्दा लगानीकर्तालाई १०० कित्तामा ३ हजार ९ सय ४५ रुपैयाँ फाइदा देखिन्छ।
प्राप्त प्रक्रिया सम्पन्न भए पश्चात शाइनले पुन २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने छ।
नोट : लागत निकाल्दा विशुद्ध बजार मूल्यलाई आधार मानिएको छ ।
: पुर्णिमा र भार्गवको कारोवार रोकिए पनि शाइनको बजार मूल्यलाई आधार मानेर नाफा नोक्सान गणना गरिएको छ ।