सबै जीवन बीमा कम्पनीहरुको प्रीमियम क्यालकुलेशन अब इन्स्योरेन्स खबर डट कमबाट गर्न सकिने भएको छ । इन्स्योरेन्स खबर डटकमले प्रीमियम क्याल्कुलेटर क्याटागोरी थप गरेसँगै सबै जीवन बीमा कम्पनीहरुको प्रीमियम क्याल्कुलेशन गर्न सकिने भएको हो ।
बीमा बजारमा १९ जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका ती बीमा कम्पनीहरुको प्रीमियम क्यालकुलेशन अब इन्स्योरेन्स खबर डट कमको वेभसाइटबाट सजिलो र झन्झट मुक्त तरीकाले गर्न सकिनेछ ।
कसरी गर्न सकिन्छ ?
इन्स्योरेन्स खबर डट कम वेभसाइट खोले पछि माथि पट्टि प्रीमियम क्याल्कुलेटर क्याटागोरी देख्न सकिनेछ । प्रीमियम क्याल्कुलेशनको लागि त्यहाँ क्लिक गरेपछि सबै बीमा कम्पनीहरुको नाम देख्न सकिनेछ । र आफुलाई चाहिएको कम्पनीमा गएर क्लिक गरेपछि प्रीमियम क्याल्कुलेशन गर्न सकिन्छ ।
इन्स्योरेन्स खबर डट कम बीमा सचेतना फैलाउने उद्देश्यका साथ सञ्चालनमा आएको अनलाइन पोर्टल हो । इन्स्योरेन्स खबर डट कमले बीमा तथा अर्थ सम्बन्धि समाचारहरु सम्प्रेषण गर्दै आईरहेको छ ।