ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ । कम्पनीले १ बाराबर १ को अनुपातमा ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५ सय रुपैयाँ बारबरको हकप्रद बिक्री गर्न लागेको हो ।
११ करोड ४ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त पुँजीमा १०० प्रतिशत हकप्रद जारी गरेपछि पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।