सबैको लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले साउन १ गतेदेखि ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
उक्त आईपीओ संस्थाका कर्मचारीलाई ८ हजार २५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५०० कित्ता सुरक्षति गरिएको छ । आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । आइपीओ बन्द छिटोमा ५ गते तोकिएको छ ।
आईपीओमा न्युनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन पाइने छ ।