Connect IPS
IME Life

नेशनल लाईफ इन्स्योरेन्सद्वारा मृतकका परिवारलाई दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकका परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । खोटाङ दिक्तेल शाखा कार्यालयले मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले साकेला गाउँपालिका वडा नम्बर ३ खिदिमाका मृतक बीमित मणी कुमार राईको श्रीमती शिवकला राईलाई दाबी वापतको १ लाख ४२ हजार ६ सय रुपैयाँको चेकहस्तान्तरण गरेको हो । कम्पनीका शाखा कार्यालय प्रमुख नविन श्रेष्ठले सो चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

मृतक राईले मिति २०६९ असार ३१ जीवन बीमा अभिकर्ता उत्तरा राई मार्फत १ लाख बीमाङ्क रकमको बीमा गराएका थिए । मृतक बीमितले हाल सम्म सात किस्ता बुझाएका थिए।

सरकारले पिछल्लो समय मृत्यु दाबी रकममा असुल गर्दै आएको कर मिनाहा गरेपछि कम्पनीले शतप्रतिशत रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS