ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जर सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकले ठुला बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएसँगै यी बैंक मर्जरमा जाने सहमति गरेका हुन् । गी दुवै बैंकले मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर समेत गरिसकेका छन् ।
मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने छ सञ्चालकमा दुई जना जनता बैंकबाट आउने छन्। प्रमुख कार्यकारी अधिकृतमा भने जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहेने छन् । उक्त सम्झौतामा सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) पछि शेयर आदन प्रदान अनुपात कायम गरिने भएको छ ।
हाल ग्लोबल आइएमईको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ हजार रुपैयाँ रहेको छ भने जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँरहेको छ ।