प्रिमियर इन्स्योरेन्सको मुल्य समायोजन भएको छ । इन्स्योरेन्सको ८४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि इन्स्योरेन्सको सेयर भाउ ५१३ रुपैयाँ ४ पैसा कायम भएको छ । आइतबार प्रिमियरको सेयर कारोबार सोही मूल्यलाई आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने ६ सय ६४ रुपैयाँ ५२ पैसा रहेको छ ।
कम्पनीले असार ३१ गते साधारण सभा गर्न शुक्रबार (असार २० गते) देखि बुक क्लोज गरेको हो । प्रिमियरले हाल कायम ५८ करोड ४० लाख रुपैयाँको ८ सय ४५ बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्नेछ । बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्नेछ ।