Connect IPS
IME Life

तानसेन नगरपालिकाबासीलाई खुशीको खबर, नेपाल बैंकले दिँदै छ सहुलियतपूर्ण कर्जा

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल बैंक लिमिटेड र तानसेन नगरपालिकाबीच सम्झौता भएको छ । बैंक र नगरपालिकाबीच तानसेननगर क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने विषयमा सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख अशोक कुमार शाही र बैंकको तर्फबाट नेपाल बैंक लिमिटेड, प्रादेशिक कार्यालय प्रदेश नं. ५ का प्रदेश प्रमुख पासाङ दोर्जी शेर्पाले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात बैंकले तानसेन नगरपालिका क्षेत्रभित्र सहुलियतपूर्ण कर्जा उपलब्धताको लागि ब्याज अनुदान उपलब्ध गराउने गरी लगानी गर्ने भएको छ । नेपालको समृद्धिको सुरुवात तानसेन नगरपालिकाबाट हुने र बैंकसँगको सहकार्यबाट समृद्ध र आत्मनिर्भर तानसेन नगरपालिको परिकल्पना गरिएको नगरप्रमुख अशोक कुमार शाहीले बताए ।

Prabhu
Crest

यस्तै कार्यक्रममा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पाले नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड गुणस्तरीय सेवासहित यसका साथै अन्य स्थानी नियकासँग समन्वय गरी यस्ता कार्यक्रमहरु अन्य क्षेत्रहरुमा पनि क्रमशः गर्दै जाने, बैंकको सेवा क्षेत्रहरु विस्तार गर्ने निकट भविश्यमै पाल्पा मिशन हस्पिटलमा एक्टेन्सन काउन्टर समेत सञ्चालन गर्ने जानकारी गराए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS