समिट लघुवित्त वित्तीय संस्थाले साउन ४ गते विशेष साधारणसभ ागर्ने भएको छ । संस्थाको असार १८ गते बसेको संचालक समितको बैठक अनुसार साउन ४ गते होटल सि.टी पार्टि प्यालेस झापामा गर्ने भएको हो ।
संस्थाले सभामा अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्तिका लागि अवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्ने छ ।
साथै, गभ्नेरगाभिने वा प्राप्तिपछि कायम हुने पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
विशेष साधारण सभाले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१ प्रतिशत र सर्वसाधारण हिस्सा ४९ प्रतिशत बनाउने भएको छ । हाल समिटमा संस्थापकको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत रहेको छ ।
विशेष सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरु प्रतिनिधित्व हुने व्यवस्था गर्ने भएको छ । ससंस्थाले असार २७ गते बुक क्लोज गर्ने भएकाले असार २६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।