Connect IPS
IME Life

तीन वटा वाणिज्य बैंकमा रोजगारीको अवसर, ४ सय ५५ जना कर्मचारीको माग

SPIL
NIC ASIA new
Sanima Reliance

३ वटा वाणिज्यहरुले ठुलो संख्यामा कर्मचारी माग गरेको । कर्मचारी माग गर्ने वाणिज्य बैंकहरुमा जनता बैंक नेपाल, सेञ्चुरी कमर्सियल बैंक र हिमालयन बैंक हुन् । यी बैंकहरुले ट्रेनी, असिस्टेन्ट देखी अधिकृत तह सम्मका पदको लागि कर्मचारीहरु माग गरेका। जसमा जनता बैंक नेपालले २ सय जना कर्मचारीको लागि आवेदन खुलाएको छ भने सेञ्चुरी कमर्सियल बैंकले १ सय ६९ जना र हिमालयन बैंकले ८६ जना कर्मचारी हरुको लागि आवेदन खुल्ला गरेको छ ।

जनता बैंकले जुनियर असिस्टेन्ट पदका लागि १ सय ५० जना र म्यानेजमेन्ट ट्रेनीका लागि ५० जना कर्मचारी माग गरेको गरेको छ । म्यानेजमेन्ट ट्रेनीका लागि स्तानकोत्तर गरेको हुनुपर्ने र जुनियर असिस्टेन्टका लागि स्नातक भए पुग्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

यसैगरि हिमालयन बैंकले पनि ४२ जना सुपरभाइज माग गरेको छ । स्नातकोत्तर गरेको र बैंकिङमा अनुभव भएकालाई बैंकले नियुक्त गर्ने जनाएको छ । बैंकले ४३ जना जुनियर असिस्टेन्ट नियुक्त गर्ने भएको छ । यसका लागि स्नातक भए पुग्छ भने बैंकले कानुन तिर पनि एक जना सुपरभाइजर नियुक्त गर्ने जनाएको छ ।

यस्तै, सेञ्चुरी बैंकले पनि काठमाडौं उपत्यका भित्रका ब्यवस्थापन विषयमा ५५ प्रतिशत अंक र काठमाडौं बाहिरकालाई ४५ प्रतिशत अंक ल्याएर प्लसटु लेभल उत्तिर्ण गरेको ट्रेनी असिस्टेन्टमा १ सय २५ जना कर्मचारी माग गरेको छ । साथै बैंकले सुचना प्रविधि विभागका लागि आइटीमा स्नातक गरेको ५ जना जुनियर असिस्टेन्ट थप मागेको छ ।

बैंकले म्यानेजमेन्ट ट्रेनि भनेर ३० जना माग गरेको छ । यसका लागि स्नातकोत्तर अनिवार्य हुनु पर्ने बताइएको छ । आइटीमा एक जना सिनियर असिस्टेन्ट, सफ्टवेयर प्रोग्रामिङका लागि तीन जना सिनियर असिस्टेन्ट, धनगढी र सुर्खेतमा एकरएक जना प्रदेश म्यानेजर, आइटीमा अरु दुई जना अधिकृत माग गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS