नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम १ रहेको अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको ३७०औंं बैठकले उक्त निर्णय गरेको हो उक्त लाभांश बीमा समिति र आगामी साधारण सभाले स्वीकृत गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।