IME Life

७० % लाभांश प्रस्ताव गरेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल ) कस्तो छ ? हेरौ कम्पनी विस्लेषण

SPIL
NIC ASIA new
Sanima Reliance

कम्पनीको संचालक र व्यवस्थापन समिति :

प्रधान  कार्यालय : पुतलीसडक, काठमाडौ
शेयर रजिष्ट्रर:  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड

Prabhu
Crest

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चालु आर्थिक वर्षको तेस्रो त्रैमास र अघिल्लो आर्थिक वर्षको सोही अवधिको वित्तीय विवरणलाई दाँजेर हेर्दा : 

नोट : प्रति शेयर आम्दानीलाई बार्षिकिकरण गरिएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको संचालक समितिले ३४ दशालव ४६ प्रतिशत बोनश शेयर र ३५ दशालव ५३ प्रतिशत नगद लाभांश गरी कुल ७० प्रतिशत लाभांश प्रस्ताव गरेकोमा प्रस्तावित बोनश शेयरलाई पूँजीमा समायोजन गर्दा कमपनीको पूँजी २ अर्ब पुग्ने छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब पूँजीको लक्ष्य दिएको थियो ।

१ अर्ब ४९ करोड चुक्ता पूँजी भएको लाइफ इन्स्योरेन्स कर्पोरेशनको चालु आर्थिक वषको ९ महिनामा जगेडा कोषमा ५८ करोड ३५ लाख ४१ हजार रुपैयाँ सञ्चिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जगेडा कोषमा ३६ करोड १२ लाख रुपैयाँ राखेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले जगेडा कोषमा ६२ प्रतिशतले बढी सञ्चिती गरेको देखिएको छ ।

कम्पनीले जीवन बीमा कोषमा ५१ अर्ब ४८ करोड रुपैयाँ राखेको छ भने अघिल्लो आ.व मा कम्पनीले ४० अर्ब ५८ करोड ४९ लाख ४६ हजार रुपैयाँ राखको थियो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषमा २७ प्रतिशतले बढी देखिएको छ ।

त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ८ अर्ब ८३ करोड ५१ लाख ६८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आ.व मा ४ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ९६ प्रतिशतले कुल बीमा शुल्क आर्जनमा बृद्धि गरेको हो ।

त्यसैगरी कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ अर्ब ७९  करोड  रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ९५ करोड  रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिको तुलनमा कम्पनीले खुद बीमा शुल्क आर्जनमा २६ प्रतिशतले बृद्धि गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २१ करोड  रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३८ प्रतिशतले खुद दाबी भुक्तानीमा बृद्धि भएको छ ।

यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा २ अर्ब २४ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३५ प्रतिशतले दाबी भुक्तानीमा बृद्धि गरेको हो ।

कम्पनीले  ३ करोड ६६ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७ लाख १० हजार ८ सय ७२ वटा बीमालेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ लाख ३० हजार १ सय ७२ वटा बीमालेख जारी गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा आइपुग्दा कम्पनीले खुद नाफामा ७ प्रतिशतले बृद्धि गरी  १० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैया ५६ पैसा रहेको छ।  याधापी जीवन बीमा कम्पनीहरुको हकमा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक नाफा र प्रति शेयर आम्दानी गणना हुने छ।

                             कम्पनीको विगत ५ वर्षको लाभांश इतिहास :

*प्रस्तावित (बुक क्लोज हुन् बाँकी )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS