नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार (आज) अन्तिम दिन हो । कम्पनीले असार १० गते देखि १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् ।
नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकेको छ । इच्छुक संस्थापक सेयरधनीले यही मूल्यलाई न्यूनतम आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, रहेको छ ।