आज शिवम सिमेन्टस्को ५ करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ। कम्पनीको बजार मूल्य ४ दशमलव ३५ प्रतिशतले घट्दै ६१६ रुपैयाँ प्रति कित्ता पुगेको छ। आज कम्पनीको आक्रामक रुपमा शेयर बिक्री भएको छ।
आज ५८ नम्बर ब्रोकरबाट सिवम् सिमेन्टस्को सर्वाधिक २८ हजार ८ सय ६३ कित्ता शेयर बिक्री भएको छ। ५८ नम्बर ब्रोकर बाट यति ठुलो कित्ता शेयर बिक्री हुँदा बजार मूल्यलाई प्रेसर परेको हो। दिन भरमा ५ करोड ८० लाख बराबरको शेयर किनबेच भएकोमा ब्रोकर नम्बर ५८ बाट मात्रै १ करोड ८१ लाख बराबरको शेयर बिक्री भएको थियो।
तथ्याङ्क श्रोत : डाटा एनालाईटिक्स/नेप्से