मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विद्यार्थीहरुलाई सहयोग गरेको छ । संस्थाले नुवाकोटको बेलकोटगढि ८ को बाहुनडाडा स्थित कल्याणी माध्यामिक बिद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा सोही वडाका वडाध्यक्ष भोज प्रसाद पुडासैनी र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संयुक्त रुपमा छात्रछात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
उक्त विद्यालयमा अध्यानरत कक्षा नर्सरी देखि ३ कक्षासम्म अध्ययनरत १ सय १९ जना छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।