सगरमाथा इन्स्योरेन्सले असार १३ गते (भोली) शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणलाई साधारण सभाको मुख्य एजेन्डा बनाएको छ । कम्पनीले हाल कायम ५३ करोड ८२ लाख ९१ हजार ९ सय रुपैयाँ चुक्ता पुँजीको ८६ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।
सभाबाट संस्थापक सेयरधनी समूहका ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । सञ्चालक समितिमा विदेशी लगानीकर्ता समूहबाट मनोनित १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने एजेन्डा सभामा पेश हुनेछ ।
साधारण सभाका लागि असार १ देखि १३ गतेसम्म बुक क्लोज गरिएको छ । बुक क्लोज हुनुभन्दा अघि (जेठ ३० गतेसम्म) कायम सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् ।