आज बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से २.७८ अंकले घटेर १,२५८.२९ अंकमा कायम भएको छ । ट्रेडिङ, होटल, म्युचल फण्ड र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै ११ अंकले जीवन बीमा समुह घटेको छ ।
दिनभरिमा १ सय ६७ वटा कम्पनीको १४ लाख १३ हजार ३ सय ५७ कित्ता शेयर ६ हजार ८ सय ४२ पटक खरिदविक्री हुँदा ५७ करोड १ लाख २३ हजार ४ सय ८१ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको १९ करोड४२ लाख ७३ हजार ४ सय ३० रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी, नेपाल बैंकको ४ करोड १९ लाख ७४ हजार ८ सय ६६ रुपैयाँको कारोबार भएको छ । प्रभु बैंक र आइएमई जनरल इन्स्योरेन्स प्रोमोटर शेयरको २ करोडमाथिको कारोबरा भएको छ । प्रिमियर इन्स्योरेन्स, सानिमा बैंक र सिवम् सिमेन्टको १ करोडमाथिको कारोबरा भएको छ । त्यस्तै सिटिजन्स बैंक र गणपति माइक्रोफाइनान्सको ९० लाखमाथिको कारोबरा भउको देखिएको छ ।
नेपाल एग्रो लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतक दरले कमाएका छन् भने गुराँस लघुवित्तका लगानीकर्ताले सबैभन्दा भरै ६ प्रतिशतका दरले गुमाएका छन् ।