Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सको एजिएम शुक्रबार, १५.४८% बोनस सेयर पारित गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

सिद्धार्थ इन्स्योरेन्सले १५ दशमलव ४८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्न शुक्रबार साधाराण सभा बोलाएको छ । जेठ २१ गते बसेको संचालक समितिको १ सय ४७ अ‍ैं बैंठकको निर्णयअनुसार १७ औं वार्षिक साधारणसभा रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर कमलपोखरी, काठमाडौमा बिहान ११ बजे गर्ने भएको हो ।

सिद्धार्थले बोनस सेयर वितरणमा १३ करोड ४० लाख ८१ हजार ६ सय ५० रुपैयाँ खर्च गर्नेछ । लगानीकर्ताले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पाउने छैनन् ।

यसर्थ, बोनसको कर सेयरधनी आफैंले तिर्नु जानुपर्नेछ । यसबाट आम लगानीकर्तालाई भने निकै झन्झटिलो हुनेछ । यस्तै, २०७४–७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेका छन् ।

त्यस्तै, लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभाले संस्थापक सेयरधनी समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभाका लागि जेठ ३० देखि असार १३ गतेसम्म बुक क्लोज गरिएको छ । जेठ २९ गतेसम्म कायम सेयरधनीले बोनस सेयर पाउनेछन् । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS