भार्गव बिकास बैंक र पूर्णिमा विकास बैंकलाई आफुमा गाभ्ने प्रस्ताव राखेर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असार २७ गते विशेष साधारणसभा बोलाएको छ ।
दुई विकास बैंकलाई प्राप्त गरे पश्चात शाईन शाईन रेसुङ्गा राष्ट्रिय स्तरको विकाश बैंक बन्ने छ। भार्गव बिकास बैंक र पूर्णिमा बिकास बैंकलाईलाई गाभे पश्चात आउने पुँजीको २५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पनि कम्पनीले विशेष साधारण सभाबाट पारित गर्दै छ।
बुटवल वरीपरीको क्षेत्रमा शाईन रेसुङ्गालाई निकै सफल विकास बैंक मानिन्छ। रास्ट्रीय स्तरको विकास बैंक भए पश्चात शाईनले स्थापित रास्ट्रीय स्तरका विकास बैंकलाई टक्कर दिने यस क्षेत्रका जानकार बताउछन।