जनरल इन्स्योरेन्स कम्पनी नेपालले नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो ४० औँ शाखा राजधानीको कालीमाटीमा बिस्तार गरेको हो । उक्त नयाँ शाखाको उद्घाटन सभाका सांसद कृष्णगोपाल श्रेष्ठले गरे ।
उक्त शाखा उपत्यका भित्रको ११ औँ शाखा सञ्जाल हो । कालिमाटीमा खुलेको उपत्यका भित्रका ११ औँ शाखामा तत्कालका लागि ५ जना कर्मचारी रहने छन् ।
शाखा शुभारम्भको अवसरमा जनरल ईन्स्यारेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोटले भने(‘विगत एक बर्षदेखी कालिमाटीमा शाखा खोल्ने हाम्रो ईच्छा अहिले आएर पूरा भएको छ ।’ टमोटले आगामी दिनमा कालिमाटी क्षेत्रका बिमितलाई जनरल बीमामा थप सहज हुनेमा जोड दिए ।
हालसम्म कम्पनीले ४० वटा शाखा कार्यलय मार्फत आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा शाखा संख्या ४० बाट ६० बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।