सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुलाई नयाँ बोनस दर घोषणा गरेको छ । कम्पनीले समितिको स्वीकृत पाएपछि बीमतिलाई दिने बोनस दर घोषणा गरेको हो ।
कम्पनीले प्रतिहजार अधिकतम ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा वर्ष हेरी न्यूनतम ४० देखि ५० रुपैयाँ सम्म बोनस दिने भएको छ । यस्तै, सावधिक तथा आजिवन बीमालेखमा ३५ देखि ५५ रुपैयाँ र ३० वा सो भन्दा माथि ६५ रुपैयाँ सम्म बोनस दिने छ ।
सावधिक जीवन बीमामा प्रतिहजार ३५ देखि ७० रुपैयाँ सम्म बोन दर दिने भएको छ ।