Connect IPS
IME Life

एसियन लाइफको २ लाख २१ हजार कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

एसियन लाइफ इन्स्योरेन्सको २ लाख २१ हजार ३५९.७३ कित्ता सेयर लिलामी भर्ने आजअन्तिम दिन रहेको छ । असार १ गतेदेखि लिलामीसेयर खुला भएको हो ।

कम्पनीले संस्थापक समूहको २ हजार ४ सय २० दशमलव ७० कित्ता र सर्वसाधारण समूहको २ लाख १८ हजार ९ सय ३९ दशमलव ०३ कित्ता सेयर लिलामीमा ल्याएको हो । संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ताका लागि अवेदन दिन पाइनेछ । अधिकतम १० अंकले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

Prabhu
Crest

बिहीबार नेप्सेमा एसियन लाइफको ३ सय ८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही मूल्यलाई ध्यान दिएर लिलामी भर्नुपर्नेछ । यसबाहेक दोस्रो बजारको अवस्था, लिलामीमा ल्याइएको सेयर कित्ता अनि आवेदकको संख्या समेत विचार गरेर लिलामीमा मूल्य तोक्नु प्रभावकारी हुन्छ ।

एसियनले गत चैत २५ गतेदेखि वैशाख २९ गतेसम्म ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामी प्रक्रियामा ल्याएको हो । लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

उक्त लिलामी शेयर एनआइबीएल एसको लाजिम्पाट, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर कार्यालयबाट आवेदन भर्न सकिनेछ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय नारायनगण, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि फारम बुझाउन सकिनेछ । बाग्लुङमा भने ग्रीन डेभलपमेन्ट बैंकमा गएर आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS