नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा यो साता ६ वटा कम्पनीको शेयर सुचिकृत भएको छ । विभिन्न कम्पनीको बोनस शेयर र हकप्रद शेयर गरी १ करोड ५६ लाख ३६ हजार ९ सय ८४ दशमलव ०५ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो ।
नेप्सेमा शेयर सूचिकृत हुने कम्पनीहरुमा नविल बैंक, लाईफ इन्स्योरेन्स, जेविल्स फाइनान्स, मिथिला लघुवित्त, मेरो माइक्रोफाइनान्स रहेका छन् । जसमा नविल बैंक, लाइफ इन्स्योरेन्स र जेविल्स फाइनान्सको बोनस शेयर, मिथिला लघुवित्त, जेविल्स फाइनान्स र मेरो माइक्रोफाइनान्सको हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको हो ।
सबैभन्दा बढी नविल बैंककोे ९६ लाख ८६ हजार २ सय ४४ कित्ता बोनस शेयर सुचिकृत भएको छ । त्यसैगरी मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ३२ लाख ८९ हजार, जेविल्स फाइनान्सको ७ लाख ३० हजार २ सय ३६, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १६ लाख १ हजार ६ सय १३ र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख २९ हजार ८ सय ८९ कित्ता सुचिकृत भएको छ ।