सिटिजन्स म्युचुअल फन्ड–२ मा आवेदन दिने असार ८ गते आइतबार अन्तिम रहेको छ । सिटिजिन्स म्युचुअल फन्ड–२ जेठ ९ गतेदेखि बिक्रीमा ल्याइएको हो । यस म्युचल फण्ड निष्काशत तथा विक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल रहेको छ ।
फन्डले कुल १० करोड इकाई (युनिट) निष्कासन गरेकामा १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । सिटिजन्स म्युचुअल फन्ड–२ मा न्यूनतम १०० इकाईदेखि अधिकतम २ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन गर्न पाइने व्यवस्था छ ।
लगानीकर्ताले सिटिजन्स बैंकको देशभरका शाखा तथा सीबीआइएल क्यापिटल, बाटुलेघर काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ ।