यूनियन लाईफ इन्स्योरेन्सले काठमाडौको बबरमहलमा प्रदेश नं ३ को लागि प्रादेशिक कार्यालय विस्तार गरेको छ । उक्त प्रादेशिक कार्यलयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चाँपागाईले गरे । संचालनमा आएको प्रादेशिक कार्यलयको प्रमुखमा चुडामणी चापागाई रहेका छन् ।
कार्यक्रममा बोल्दै, बीमा समितिका अध्यक्ष चाँपागाईले अहिलेको संरचनात्मक ढाँचा अनुसार कम्पनीले प्रादेशिक कार्यालय संचालनमा ल्याएको हो। बीमा समितिले १० नयाँ कम्पनीलाई एकै साथ लाइसेन्स वितरण गरेका थियो । जसमा युनियन लाईफ इन्स्यारेन्स पनि एक नयाँ कम्पनी हो । जसले वित्तीय रुपमा आफूलाई अगाडी बढाउदै आईरहेको छ । कम्पनीले आफू मात्र नभई अरु कम्पनीहरुलाई पनि पछाडि दौडिन बाध्य पारेको छ ।
कार्यक्रममा बेल्दै कम्पनीका सीईओ मनोजकुमार लाल कर्णले कम्पनीले वित्तीय रुपमा आफूलाई मजबुत बनाउनुमा अभिकर्ताको मुख्य भुमिका रहेको छ । साथै आगामी दिनमा पनि वित्तीय रुपमा कम्पनीलाई मजबुत बनाउन अभिकर्ताको सहोस् सदैव रहोस भन्ने अपेक्षा व्यक्त गरे ।