नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहिबार ४ कम्पनीको ५५ लाख ६१ हजार ४ सय ५८ दशमलव १९ कित्ता शेयर सूचिकृत भएको छ । २ कम्पनीको हकप्रद शेयर र दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको हो । सूचिकृत हुने कम्पनीहरुमा मिथिला लघुवित्त, जेविल्स फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन र मेरो माइक्रोफाइनान्स रेहका छन् ।
नेप्सेमा मिथिला लघुवित्त र मेरो माइक्रोफाइनान्सको हकप्रद शेयर सूचिकृत भएको हो । लघुवित्तको ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद शेयर भएको हो । त्यसैगरी, मेरो माइक्रोफाइनान्सको ३२ लाख ८९ हजार हकप्रद शेयर सूचिकृत भएको छ ।
यस्तै, जेविल्स फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरशेनको बोनश सेयर सूचिकृत भएको छ । नेप्सेमा फाइनान्सको ३ लाख ४० हजार ९ सय ५५ दशमलव ५० कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । भने इन्स्योरेन्सको १६ लाख १ हजार ६ सय १३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।